समाजवादी पार्टी र राजपाबीच एकीकरणका लागि छलफल

काठमाडौ ३० बैशाख । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन । पहिलो चरणमा अनौपचारीक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिनुभयो । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताउनुभयो । आज पनि अनौपचारीक कुराकानी हुने नेताहरुले बताएका छन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.