प्रचण्डको यक्ष प्रश्न : ”यो देशको राष्ट्रिय समस्या म कि तपाईं प्रधानमन्त्रीज्यू ?”

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो देशको राष्ट्रिय समस्या म कि तपाईं भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट बोल्दै प्रचण्डले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो? भनेर प्रश्न गरे ।

बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाएको आरोप लगाउँदै प्रचण्डले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्रीजी भन्दै प्रश्न गरे ।

‘म आज खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले भने, ‘सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको छ ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.