चितवनमा मोटरसाइकल चोरि गर्ने गिरोह पक्राउ

चितवन । चितवनमा मोटरसाइकल चोरि गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने मध्येका ६ जनालाई पक्राउ गरेको छ । मोटरसाइकलहरुको स्वरुप तथा नम्बर प्लेट परीबर्तन गरेको भन्दै चितवन प्रहरीले ६ जनलाई पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं. ०१ बस्ने बर्ष २३ को रूपेश गुरूङ , पर्सा बारागढी नगरपालिका वडा नं. ०१ बस्ने बर्ष १९ का रूपेश चौधरी, सोहि स्थानका वर्ष १९ कै रमेश पासवान, चितवन रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गरी बस्ने बर्ष ३८ का दिपेन्द्र कुमार श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने बर्ष ३० का दावा तामाङ र चितवन कालिका नगरपालिका वडा नं. ०५ बस्ने बर्ष २० का मंशिस चौधरी रहेका छन् ।

उनिहरुले बिभिन्न मिति र समयमा चितवन जिल्ला लगायत अन्य जिल्लाका बिभिन्न स्थानहरुबाट चोरी भएका मोटरसाइकलहरु चोरी कार्यमा संलग्न रहेको खुलेको छ । पक्राउ परेका सबैमाथि चोरी सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.