मनोरंजन र संस्कृति जगेर्नामा जोड,रत्ननगरमा खुल्यो चितवन रोदी घर

रत्ननगर,बैशाख १
कला संस्कति र मनोरंजनका पारखिहरुको लागी रत्ननगरको सौराहाचोकमा चितवन रोधी घर संचालनमा आएको छ । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले रिवन काटेर रोधी घरको औपचारिक शुभारम्भ गरेकी हुन् । सौराहाचोकको साहारा सुपर मार्केटमा रहेको रोधी घर चिम्नी मल्टी कुजिन रेष्टुरेण्ट एण्ड बारको ब्यवस्थापनमा संचालनमा ल्याइएको हो ।

रोधी घरको उद्घाटन गर्दै नगर उपप्रमुख दुवाडीले सफलताको कामना गर्दै पछिल्लो समय दोहोरीमा देखीएको विकृतिलाई ख्याल गर्दै चितवन रोधी घरमा मनोरञ्जन संगै चेतनामुलक दोहोरीमा विशेष जोड दिन संचालकलाई सुझाव दिईन् । ६० लाख भन्दा वढीको लगानी रहेको रोधी घरमा ५ गतेसम्म राष्ट्रिय स्तरको कलाकारको प्रस्तुति रहने संचालक चिरञ्जीवी पाण्डेले जानकारी दिए । पाण्डेले रोधी घर हरेक दिन साझँ ६ बजेदेखी राती १२ बजेसम्म संचालन हुने बताए । रोधी घरमा ५ गतेसम्म अस्मिता डल्लाकोटी,एलिना विक,सुमन थापा मगर,विशाल रायमाझी,आसा विसी, बालचन्द्र बराल, श्याम राना लगायतका कलाकारको प्रस्तुति रहने छ ।

चिरञ्जीवी पाण्डेसंगै शिवराज पाण्डे र कृष्ण काजीको संयुक्त लगानी रहेको रोधी घरको उद्घाटन कार्यक्रममा साहारा सुपर मार्केटकी संचालीका विरञ्जना घिमीरे,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान चितवन शाखाका उपाध्यक्ष कृष्ण भट्टराई,सामाजीक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे,पुर्वि चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.