समाज

ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिमा प्रतिमा अनावरण

ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिमा प्रतिमा अनावरण

१८ असार, रामु आचार्य । रत्ननगर । श्रीकृष्ण प्रणामी मन्दिर वृजधाम टिकौलीका संस्थापक महन्त ब्रह्मलिन गुरुजी श्री १०८ वृजदासजी महाराजको प्रथम वार्षिक तिथिको स्मृतिमा आयोजित श्रीमत्तारतम सागरको अखण्ड पाठ–पारायण तथा प्रतिमा अनावरण कार्यक्रम शनिबार एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। समापन समारोहमा श्रीकृष्ण प्रणामी मन्दिर, रत्ननगर–१० का अध्यक्ष लिलाराज सुवेदीको सभापतित्व तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रकाश खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले मानिस जहाँ पुगे पनि अध्यात्म र धर्म जीवनको अभिन्न आवश्यकता रहेको बताउनुभयो। धर्मले मानिसलाई सही मार्गमा डोर्‍याउने उल्लेख गर्दै उहाँले धर्मप्रति आस्था…
Read More
शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

रत्ननगर, चितवन । शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो। समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी ले शान्तिकुञ्जले समाजका आवाजविहीन तथा पछाडि परेका महिलाहरूको आवाज बन्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले सहकारीले महिला सशक्तीकरण, आयआर्जन तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदान उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउन वडा कार्यालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमकी सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष…
Read More
संविधान संशोधनका प्रस्तावमा नागरिक समाजको भूमिकाबारे चितवनमा अन्तरक्रिया

संविधान संशोधनका प्रस्तावमा नागरिक समाजको भूमिकाबारे चितवनमा अन्तरक्रिया

जनक कार्की । भरतपुर, जेठ २२ । संविधान संशोधन कार्यदलले अघि सारेका विभिन्न प्रस्तावहरूमा नागरिक समाजको भूमिका, जिम्मेवारी र योगदानबारे छलफल गर्न भरतपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल) र गैरसरकारी संस्था महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा सरोकारवालासहित ५५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख स्रोत व्यक्ति वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारीले संविधान संशोधनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वर्तमान मिश्रित निर्वाचन प्रणाली खर्चिलो, जटिल र समयानुकूल नभएको धारणा व्यक्त गर्नुभयो। उहाँले संसद सदस्यहरूको संख्या घटाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गरिब, उपेक्षित, पिछडिएका तथा लक्षित…
Read More
विश्व वातावरण दिवसमा दिव्यज्ञान एकेडेमीद्वारा सरसफाइ अभियान

विश्व वातावरण दिवसमा दिव्यज्ञान एकेडेमीद्वारा सरसफाइ अभियान

रत्ननगर, असार २२ – विश्व वातावरण दिवसको अवसरमा रत्ननगर–१४ स्थित दिव्यज्ञान एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्राचार्य गणेश शर्माका अनुसार गुञ्जमान हस्पिटलदेखि डुम्री चोकसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका स्काउट तथा इको क्लबमा आबद्ध विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वातावरण संरक्षण, सरसफाइप्रति जनचेतना अभिवृद्धि तथा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। अभियानका क्रममा सडक तथा सार्वजनिक स्थलमा रहेका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरणीय सरसफाइलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाको भावना विकास हुनुका साथै…
Read More
शान्तिकुञ्ज सहकारीको उत्पादन तथा व्यवस्थापन तालिम, मेयर सापकोटाले दिए आश्वासन

शान्तिकुञ्ज सहकारीको उत्पादन तथा व्यवस्थापन तालिम, मेयर सापकोटाले दिए आश्वासन

रामु आचार्य । २२ जेठ, रत्ननगर — शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले आजदेखि १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सुरु गरेको छ। तालिम असार २ गतेसम्म सञ्चालन हुने छ।तालिमको औपचारिक शुभारम्भ एक विशेष कार्यक्रमका बीच गरिएको हो। कार्यक्रमको सभाध्यक्ष संस्थाकी अध्यक्ष निर्मला दंगाल रहनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा रहनुभएको थियो। उहाँले शान्तिकुञ्ज सहकारीले सामान्य महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको आगामी बजेटबाट शान्तिकुञ्जले उत्पादन गरिरहेको कुल्फी लगायतका सामग्री बिक्री वितरणका लागि आईससहितको उच्च प्रविधियुक्त रिक्सा उपलब्ध गराइने बताउँदै सहकारीलाई स्थान अभाव भएको महसुस…
Read More
कुवेत र ओमानमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ

कुवेत र ओमानमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ

२२ जेठ, काठमाडौँ- नेपाली महिलाहरूलाई कुवेत र ओमान पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ग्लोरी वल्र्ड होलिडेज ट्राभल्सका सञ्चालक गुल्मी घर भई हाल जोरपाटी बस्ने ४४ वर्षीय राम बहादुर क्षेत्री सङ्खुवासभाका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का र सोही ट्राभल्समा कार्यरत सिन्धुपाल्चोक घर भई हाल गुहेश्वरी बस्ने ४५ वर्षीय ईश्वर न्यौपाने रहेका छन् । यसैगरी प्रवीण टुर्स एण्ड ट्राभल्सका सञ्चालक सप्तरी घर भई हाल भक्तपुरको दधिकोट बस्ने ४२ वर्षीय प्रकाश साह, मोरङ घर भई हाल काठमाडौँको…
Read More
चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चितवनमा लोक भजन–चुड्का संरक्षण प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चितवन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला शाखा चितवनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। तदर्थ समिति अध्यक्ष टिकाराम शर्मा लामिछानेको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बागमती इन्चार्ज नविन पौडेल, रत्ननगर नगरपालिका–९ का वडाध्यक्ष अनन्त अधिकारी, बागमती प्रदेश अध्यक्ष गोविन्द प्रसाद नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी प्रदेश तथा जिल्ला सल्लाहकार सोम सापकोटा, चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी, बागमती प्रदेश महिला उपाध्यक्ष पुनम बस्याल, सल्लाहकार गोविन्द सापकोटा, पुष्पाञ्जली भजन समूहका उपाध्यक्ष मिनराज बास्तोला तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।…
Read More
रत्ननगरमा भोलीदेखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै

रत्ननगरमा भोलीदेखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली सोमबार देखि कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनको लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ सुरु हुँदैछ । थ्रि ब्रदर्श मिडियाले सौराहा सिटी कलेज निर्माणको लागि रत्ननगर वडा नं १५ विन्देश्वरी टोल, माधवपुरमा महायज्ञ आयोजना गरेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना महायज्ञको तयारी अन्तिम चरणमा पुगेको र सोमबार प्रदेश सभा साँसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । महायज्ञ सुरु हुनुपूर्व सोमबार माधवपुरमा भब्य कलशयात्रा निकाल्ने तयारी गरिएको छ । थ्रि ब्रदर्श मिडियाका सञ्चालक फणिन्द्र लामिछाने आफुले प्रकाशन गरेको किताब बेचेको पैसाले कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापनाको लागि आर्थिक…
Read More
“किन रिसाको” भन्दै आइन् जशु अधिकारी

“किन रिसाको” भन्दै आइन् जशु अधिकारी

४ बैशाख, रत्ननगर । रामु आचार्य । सुमधुर स्वरकी धनी गायिका जशु अधिकारीको नयाँ सांगीतिक कोशेली "ऐना सिसाको, माया गर्छु भनेकै छु किन रिसाको" सार्वजनिक गरिएको छ। गीत आज “जशु अधिकारी अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा जशु अधिकारीसँगै राम प्रसाद पौडेल र वीर विश्वकर्माको स्वर रहेको छ। धादिङमा जन्मिएकी र हाल मकवानपुरको हेटौडामा बसोबास गर्दै आएकी अधिकारी लामो समयदेखि लोक संगीतको श्रीवृद्धिमा सक्रिय रहँदै आउनुभएको छ। सानै उमेरदेखि संगीतमा समर्पित रहनुभएकी उहाँले आफ्नै आमाको प्रेरणाबाट लोक तथा दोहोरी क्षेत्रमा प्रवेश गर्नुभएको हो। उहाँ संगीतमा “बिक्नु भन्दा टिक्नु ठूलो” भन्ने मान्यता राख्नुहुन्छ। यसअघि “फूलको बोटैमा”, “माया एकनासैको”, “क्यानम”…
Read More
अब राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था

अब राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था

काठमाडौँ : अब ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने व्यवस्था सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा यस्तो घोषणा गरेका हुन्। लामो समयदेखि सेवाग्राहीले लाइसेन्सका लागि कुर्नुपरेको समस्यालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य समेत राखिएको छ। मन्त्री तिमिल्सिनाले अब सेवा अवरुद्ध नहुने र नागरिकले छिटो सेवा पाउने विश्वास व्यक्त गरे। निरीक्षणका क्रममा उनले अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद भएको उल्लेख गर्दै ती उपकरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल सुरु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.