अन्तरवार्ता

सभामुखले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ: अध्यक्ष ओली

सभामुखले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सभामुखले राजीनामा नदिए महाभियोग लगाउन सकिने पनि बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गरे । अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताए । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताए । ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताए ।   एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै उनले आउने चुनावको परिणाम पर्खिन आग्रह पनि गरे ।  
Read More
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदै

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदै

काठमाडौँ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६…
Read More
दुर्व्यवहार प्रकरण :अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछ: पाण्डे

दुर्व्यवहार प्रकरण :अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछ: पाण्डे

चितवन : शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका पाण्डे सहभागी कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली समर्थक पक्षले त्यस्तो होहल्ला र नाराबाजी गरेको हो । पाण्डेकै भनाइमा त्यसरी होहल्ला गर्नेहरु केपी ओलीलाई ‘बा’ भन्ने र ढोग्नेहरु हुन् । जसमा मुख्यमन्त्री र मन्त्रीका आफन्तहरु रहेको पाण्डे बताउँछन् । उक्त घटनालाई नेता माधवकुमार नेपाल र झलनाथ खनालले शनिबारै विज्ञप्ति निकालेर भत्सर्ना गर्दै कारवाहीको माग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.