नीति तथा कार्यक्रमको ‘मेरो सरकार’ शब्द संसोधन नहुने

काठमाडौ २३ बैशाख । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा परेको ‘मेरो सरकार’ शब्द संसोधन नहुने बताएको छ । नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्दावलीलाई लिएर सत्ता पक्ष र विपक्ष दलका संसदहरुले विरोध जनाइरहेका बेला सरकारको भनाई बाहिर आएको हो । ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार सरकारको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा मेरो सरकार भन्नुभएको होर्’ सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा भन्नुभयो, ‘त्यो शब्दमा बुद्धिविलास गरेर समय खेर नफाले हुन्छ । त्यो अब संसोधन हुँदैन । ’
‘यहाँ शब्दमा बुद्धि बिलास गर्नु जुरुरी छैन, अन्तर्राष्ट्रिय प्रयाक्टिस अनुसार त्यो शब्द आएको हो’ मन्त्री बास्कोटले भने ‘मेरो सरकार शब्दमा राजतन्त्रको झल्को देख्न पनि छोडौं, यो सच्चिदैन ।’ शुक्रबार सरकारले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा मेरो सरकार भनेर सम्बोधन गर्नुभएको थियो । त्यसदिनदेखी यसबारेमा बहस चलिरहेको छ । ‘मेरो सरकार’ भन्ने शब्दावली नीति तथा कार्यक्रमबाट हटाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव हालेको छ । नीति तथा कार्यक्रम माथि आज पनि संसदमा छलफल हुँदैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.