तीन दिन कपिलवस्तु सीमानाका बन्द हुने

कपिलवस्तु, २६ वैशाख । कपिलवस्तुमा भोलिदेखि तीन दिनका लागि भारतसँगको सीमानाका बन्द हुने भएको छ ।

भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द हुने भएको हो ।

भोलिदेखि आगामी २९ गतेसम्म बिहान ७ देखि बेलुका पाँच बजेसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरी सीमानाका बन्द रहने जनाएको हो । भारतको सिद्धार्थनगर जिल्लामा २९ गते निर्वाचन हुँदैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.