प्रदेश–३ का मुख्यन्यायाधिवक्ता न्यौपानेद्धारा राजीनामा

हेटौडा २४ जेठ । प्रदेश–३ का मुख्य न्यायाधिवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन्। न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको बुझाएका हुन्। मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार भइरहेका बेला राजीनामा दिएका न्यौपानेको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ। हाल सम्म राजिनामा स्वीकृत भएको छैन्। राजीनामाको विषयमा मुख्यमन्त्रीको सचिवालयले काम नदेखे पछि राजनीतिक दबाबले राजिनामा दिएको बताएको छ। न्यौपानेले भने न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताएका छन्। रेडक्रस मकवानपुरका सभापति समेत रहेका न्यौपानेले न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले सुविधायुक्त गाडी किन्न चाहेता पनि मुख्यमन्त्री कार्यालय स्वीकृत दिएको थिएन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.