विश्वकपमा श्रीलंका र पाकिस्तान भिड्दै

विश्वकप क्रिकेटको ११ औं खेलमा शुक्रबार ब्रिस्टलमा श्रीलंका र पाकिस्तान प्रतिष्पर्धा गर्दे छन्। यी दुबै टिम इंग्लिस मैदानमा ३६ वर्षपछि एक अर्का्विरुद्ध भिड्न लागेका हुन्। श्रीलंका(पाकिस्तानबिच पछिल्लो पटक १९८३ मा प्रतिष्पर्धा भएको थियो उक्त खेलमा पाकिस्तानले ११ रनले खेल आफ्नो पक्षमा पारेको थियो। श्रीलंकाको टिम पछिल्लो ६ खेलमा पाकिस्तान जीत निकाल्न असफल भएको छ। श्रीलंकाको पछिल्लो जित २०१५ मा निकालेको थियो। हेड टु हेड दुई टिमबीच अहिलेसम्म कुल १५३ एकदिवसीय खेल भएका छन् । जसमा पाकिस्तानले ९० जित निकालेको छ। जसमा श्रीलंकाले ५८ खेलमा जित निकालेको छ। एक खेल बराबरी भएको छ। ४ खेलमा नतिजा निस्किएको छैन् । विश्वकपमा अहिलेसम्म यि दुई टिमबिच ७ पटक भिडन्त भएको छ। जहाँ सबै भिडन्तमा पाकिस्तानले बाजी मारेको छ। खेलका दौरान पानिीपर्ने संभावना रहेको छ। तापक्रम १३ देखी १६ डिग्री हुने अनुमान गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.