फ्रान्सका उद्योगीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ३० जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दछन्। प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुगेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.