महाकविको स्मृतिमा भर्चुअल कवि गोष्ठी सम्पन्न

काठमाडौं : भूगोल साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसरमा महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्दै रचना वाचन शृंखला गरेको छ ।

भर्चुअल रूपमा गरिएको कार्यक्रममा स्रष्टाहरू प्रकट पंगेनी शिव (कास्की), धनराज गिरी (चितवन), श्रेष्ठ प्रिया पत्थर (कैलाली), खगेन्द्र बस्याल (रुपन्देही), राधिका गुरागाईं र गोकुल अधिकारी (मोरङ), लोकनाथ पुडासैनी (कास्की), हरिप्रसाद घिमिरे (गोरखा) तथा समाजका विनोद नेपाल, नवराज पुडासैनी, हरिश्चन्द्र गौतम, दिनेशविक्रम थापा, मुकुन्द अर्याल, बुद्धप्रकाश सिंह, गुप्तबहादुर राना, शैलेन्द्रकुमार शाहले रचना वाचन गरेका थिए ।

साहित्य समाजले नियमित आयोजना गर्दैआएको रचना वाचन कार्यक्रममा यसपटक मोफसलका साहित्यकारहरुलाई विशेष रूपमा आमन्त्रण गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.