प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

काठमाण्डौ,बैशाख २७
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनबाट असफल हुनुभएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत सम्पन्न मतदानवाट पर्याप्त मत नपाएपछि प्रधानमन्त्रि मत लिनबाट असफल हुनभएको हो । जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा १२४ जनाले मत हालेका छन् भने १५ जना तटस्थ बसेका छन् । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.