सामाजिक उत्तरदायीत्वको भुमिका निर्वाह गर्दै राईट एण्ड एसोसियट

माडीमा रहेको बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर सहयोग प्राप्त भएको छ।नारायणगढमा रहेको राईट एन्ड एसोसिएटले आज माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई तीन लाख रुपैया बराबरको दुई थान प्यासेन्ट डिजिटल मनिटर हस्तान्तरण गरेको हो।
यस मनिटरको अभावमा बघौडा अस्पतालमा भर्ना भएका माडिका अधिकांश बिरामीलाई भरतपुर रिफर गर्नु परेको जानकारी आफुले पाएपछी वडा नं १ का वडाध्यक्ष कृष्ण पौडेल को पहलकदमी र ब्राह्मण समाज नेपाल का अध्यक्ष एबम युवा सामाजिक अभियान्ता मिलन दिप पौडेल को संमन्वय सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफुले सहयोग प्रदान गरेको राइट एण्ड एसोसियटका संचालक देवेन्द्र राज रेग्मिले बताएका छन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.