चितवनमा आज थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा आज ३ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार भरतपुर महानगरपालिकाभित्र मात्रै २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो। बाँकी ५९ जनामा रत्ननगरमा १५ जना, राप्तीमा ७ जना, खैरहनीमा १६ जना, माडि १५ जना, इच्छाकामना ४ जना र कालिकामा २ जना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ। भने ११ जना निको भएका छन ।

हाल चितवनमा सक्रिय संक्रमितको संख्यामात्रै १,८०० पुगेको छ। तीमध्ये ४४ जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी १,७५६ जना होम आइसोलेसनमा छन्। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा पिसिआर र एन्टिजेट विधिबाट ८,९४ जनामा कोरोना परीक्षण गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.