रत्ननगर,फाल्गुन ४
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै रत्ननगर नगरपालिकामा मेयरका विषयलाई लिएर राजनीतिक चर्चा शुरु हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वर्तमान उपमेयर विमलादेवी दुवाडी आकांक्षी देखिएकी छिन् ।
बुधबार रत्ननगरमा मोबाइल पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै दुवाडीले मेयरमा आकांक्षी रहेको वताएकी हुन्। उनले आफू मेयर भएको खण्डमा बजेट निर्माणको लागी अन्य निकाए संगै पत्रकारहरु संग पनि छलफल गरेर वजेट निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
‘उपमेयरसंग पत्रकार’ कार्यक्रम अर्न्तगत मंगलबार बाट शुरु भएको दुई दिने मोबाइल पत्रकारिता तालिम बुधबार सकिएको हो । तालिममा पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्ने २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।