अडियो काण्डबारे मन्त्री आलेले मागे माफी

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूले अश्लिल शब्द बोलेकोमा क्षमा मागेका छन् । मंगलबार बिहान सार्वजनिक भएको मन्त्री आले र नेकपा एमालेनिकट अछामका जगत ओलीबीचको अडियो संबादमा अपशब्दको दोहोरी नै चलेको थियो। त्यसबारे मन्त्री आलेले आफूले अपशब्द बोलेको स्वीकार गर्दै माफी मागेका हुन्।

बुधबार राति ‘ग्यालेक्सी फोर के’को सिधा कुरामा प्रस्तोता रबि लामिछानेसँगको कुराकानीमा मन्त्री आलेले आफूलाई ओलीले बिगतदेखि निकै तनाब दिएको भन्दै आफ्नो तर्फबाट अन्जानमा अपशब्द निक्सेको स्वीकारे।

मन्त्री आलेले ती व्यक्तिसँग आफ्नो औपचारिक चिनजान भएको समेत स्वीकारे र भने, ‘मा उहाँलाई व्यक्तिगत चिन्दिन तर उहाँले बिगतदेखि मलाई हैरानी र सास्ती दिँदै आएका थिए, जसका कारण संबादमा त्यस्ता बोली निस्कियो, देश र जनताप्रति म सधैँ बफादार छु, माफी चाहन्छु।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.