सन्दीपको शानदार बलिङ, ८० रनमै समेटियो क्यानडा

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो ।

उसका लागि डिलन हेलिगरले अविजित २४, नवनीत धालिवालले १८ र रयान पठानले १४ रन बनाए । अरुले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । क्यानडालाई सस्तैमा समेट्न नेपाली कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । उनले ४ ओभरमा १२ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, अविनाश बोहराले दुई/दुई र कुशल मल्लले एक विकेट हात पारे । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।

क्यानडालाई हराए नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईविरुद्ध खेल्नेछ । सेमिफाइनलको दुवै खेल मंगलबार हुने छन् । सेमिफाइलनबाट फाइनल यात्रा तय गर्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.