गठबन्धन अब अघि बढ्न नसक्ने भयो : गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्तारूढ गठबन्धन धरापमा परेको बताएका छन्। काँग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकपछि महामन्त्री थापाले एमसीसी सम्झौता पारित गर्नेमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको र यो अघि बढ्ने अवस्था नरहेको बताए।

बानेश्वरको बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेको थापाले जानकारी दिए। ‘तपाईंको सरकारले दर्ता गरेको विषय हो। हामी प्रतिपक्षमा हुँदा तपाईंलाई सहयोग गरेका थियौं। हामी सरकारमा हुँदा पनि तपाईंहरूबाट त्यही अपेक्षा गर्छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने।

एमसीसीमा सहयोग गर्न पहिला सदन सुचारु हुनुपर्ने ओलीले बताएका थिए। जवाफमा प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताए। थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं। सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले। आजै साँझ उहाँहरू दुई जनाको वार्ता हुन्छ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.