काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासरफेल जे भए पनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताएका छन्।
शुक्रबार समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमसिसी पास/फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा हुने बताएका हुन्।
अध्यक्ष नेपालले कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने बताए। नेपालको भूमिबाट छिमेकी देशको असर पर्ने काममा आफ्नो दल नरहेको बताए।
नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए।अध्यक्ष नेपालले यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने पार्टीले निर्णय गरेको उल्लेख गर्दै संसदमा एमसीसीबारे नीति अवलम्बन गर्ने विषयमा दलहरूबीच गम्भीर छलफल भइरहेको बताए।