सर्लाहीको चन्द्रनगरमा सामाजिक जवाफदेहिता र बिधि बारे अभिमुखीकरण

चैत १६, सलार्ही
सर्लाही जिल्लाको बरथहवा नगरपालिका वडा नं ८ ,१३, ११,बसबरीया गाउँपालिका वडा नं ३, चन्द्रनगर गाउँपालिका वडा नं २,३,४, ५ र ६ र हरिपुर नगरपालिकाको वडा नं १,५,६७,८ र ९, मा अन्डेफको सहयोगमा साप–नेपाल द्धारा “नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम संचालन भैरहेको छ । यस कार्यक्रम अन्र्तगत उक्त चार वटा पालिकामा ३२ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरी १६०० भन्दा बढी मुसहर महिलाहरुलाई पहिलो पटक समुहमा आवद्ध गराएको छ ।

यसैक्रममा चन्द्रनगर गाउँपालिका वडा नं ६ कामतमा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुलाई सामाजिक जवाफदेहिता र यसको बिधिहरुः सामुदायीक अंकपत्र, नागरीक प्रतिवेदन पत्रको सम्बन्धमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। बहुसंख्यक माझी तथा मुसहर समुदायको बसोबास भएको सर्लाही जिल्लाका माझि, मुसहर, डोम, चमार समुदाय शिक्षा र चेतनाको कमीको कारण सरकारी निकायमा पहुँच पुग्न सकेको छैन । उनिहरु स्थानिय निकायहरुले दिने सेवा सुविधाबाट बन्चित हुनुपरेको छ । गरिव तथा दलित मुसहर समुदायले सरकारी निकायमा जादा आफुहरुलाई राम्रो व्यवहार नगर्ने आफ्नो मागहरुको बारेमा सुनुवाई नगरेको बताएका थिए । आफ्ना मागहरु लिएर स्थानिय सरकार, वडा कार्यालय, कृषि पशु शाखामा जादा स्थानिय जनप्रतिनिधिहरुले उनिहरुको कुरालाई सुनुवाईनै नगरेको गुनासो पोखेका थिए ।

अनुशिक्षण कार्यक्रममा मुसहर अगुवा भोर संस्थाका अध्यक्ष पचुलाल माझी, नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष रितुराज ऋषि र साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानिय सरकार र सरोकारवाला सरकारी निकाय र उनिहरुले दिने सेवा सुविधा, सामाजिक जवाफदेहिता र यसका बिधिहरु, नगरीक वडापत्र, सेवा सुविधाको सुची,स्थानिय निकायको बजेट, सामुदायीक अंकपत्र, नागरीक प्रतिवेदन पत्र, सामाजिक परिक्षण र सार्बजनिक सुनुवाई बारे अनुशिक्षण दिएका थिए ।

चन्द्रनगर गाँउपालिकामा बनेका १७ वटा मुसहर महिला सशक्तिकरण मन्चमा ८४२ जनाको लागी लैङ्गिक तथा नेतृत्व विकास,सामाजिक जवाफदेहिता र यसका बिधिहरु नगरीक प्रतिवेदन पत्र, सामुदायीक अंक पत्र, सार्बजनिक सुनुवाई, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट, सामजिक परिचालन तथा बचत सम्बन्धि र सामाजिक मुल्य मान्यता आयआर्जन मुलक कार्यक्रम सम्बन्धमा अनुशिक्षण भैरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो ।

चन्द्रनगर गाँउपालिकामा कार्यक्रम संचालन भएर मुसहर महिलाहरु समुहमा आवद्ध भएपछि मुसहर महिलाहरुले बचत गर्ने बानीको विकास भएको,घर समुदायमा सरसफाई गर्ने, वालवालिकाहरुलाई बिद्यालय पठाउने आफ्नो आनीवानी सुधार गर्ने, तालिम गोष्ठीमा भाग लिने, बिभिन्न चेतना मुलक ¥यालि लगाएतका कार्यक्रम संंचालन गर्दै आएको नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहिका अध्यक्ष रितुराज ऋिषीले बताउनु भयो । वालवालिकालाई बिद्यालय पठाउने, जन्मदता गराउने विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदै आएको समुहको अध्यक्ष शिवकली देवी माझीले बताउनु भयो । नागरीकता, स्थायी वसोवासको लागी स्थानिय सरकारसंग माग गर्दै आएका छन । आगामी दिनमा आफुहरु पनि वडा कार्यालय, गाँउपालिका, कृषि शाखा, शिक्षा, स्वास्थ्य शाखामा गएर बजेट तथा कार्यक्रम माग गर्ने तालिमका सहभागीहरुले बताए । बिगतमा हामी शिक्षा र चेतनाको अभावमा पछाडी प¥यौ तर अब हामी हाम्रो अधिकार खोज्ने जानकी मुसहर महिला कृषक समुहकी अध्यक्ष रन्जु देवी माझीले बताईन । उनी भन्छिन साप नेपालले कार्यक्रम संचालन गर्दा दिने खाजा तथा यातायतको रकम समुहका दिदि बहिनीहरुले हातमा लिएमा खर्च हुने भएकोले समुहको कोषमा जम्मा गरेर बचत गर्ने गरेको बताईन । आफुसंग १०, १५ हजार रुपैयाँ पनि साथमा नहुदा साहु महाजन बाट चर्को व्यजमा ४ दखी ५ रुपैयाँ (४८% देखी ६०%) व्याजदरमा ऋण लिने गरेको बताईन । उनि भन्छिन कमाएको पैसा साहु महाजनको ऋण तिर्दैमा ठीक हुनेगरेको थियो । अबत आफुहरुलाई पनि समुहमा बचत गर्न साप नेपालले बाटो देखाएको बताईन ।

आर्थिक अवस्था कमजोर हुनाले समुदायका अधिकांस मानिसहरु महाजनको घरमा गएर कामगर्नु पर्ने, ईटा भट्टामा गएर काम गर्नु पने भएकाले वालवालिकाहरुलाई बिद्यालय पठाउन नसकेको जनकल्याण मुसहर महिला कृषक समुहकी अध्यक्ष राजकली देवी माझीले बताईन । अनुशिक्षण कार्यक्रममा समुहको अगुवाहरुलाई पालैपालो सीकेको कुरा अगाडी आएर भन्न लाईएको थियो ।
यस प्रकारको अनुशिक्षण कार्यक्रम चन्द्रनगर लगाएत सर्लाही जिल्लाको हरपुर नगरपालिका, बरथहवा नगरपालिका र बसवरीया गाँउपालिकाको ३२ वटा समुहका १६ सय जना मुसहर महिलाहरुलाई दिईदै आएको कार्कीले बताउनु भयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.