प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा मोदीले देउवाको आतिथ्यता गरेका हुन्। भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ।

भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन्।

दुईबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणका क्रममा उर्जा, यातायतलगायत विषयमा महत्वपूर्ण घोषणा हुने बताएका थिए। मोदी र देउवाले केही बेरसम्मै संयुक्त रूपमा जयनगर–जनकपुर रेलसेवाको औपचारिक उद्घाटन गर्नेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.