नेपालले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

फाइनल खेलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो। पीएनजीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा एक चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए। त्यस्तै, चार्ल्स अमिनीले १५ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा मात्र १८ रन खर्चिएर चार विकट लिए। त्यस्तै, करण केसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धतकीय पारी खेले। उनले ३८ बलमा ५ चौकाको मद्दतमा अविजित ५४ रन बनाए। त्यस्तै, करण केसीले नटआउट ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद आदील आलमले १५ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

पीएनजीका लागि बलिङमा सेमो कमियाले तीन, चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक/एक विकेट लिए। प्रतियोगितामा नेपालले अपराजित रहँदै त्रिकोणात्मक सिरिजको उपाधि जितेको हो। जसमा नेपालले पाँच खेल खेल्दा पाँचैमै जित निकालेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.