हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं : झलनाथ खनाल

काठमाडौं,असार १- पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताएका छन् ।

म‌गलबार बसेको बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको सम्मानित नेता खनालले बताए ।

उनले यो प्रस्तावलाई सम्पूर्ण जनताले, सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनु पर्ने र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताए । वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकट रुपमा आएको यो प्रस्तावले त्यहि कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं, खनालले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.