राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट रोपे धान

काठमाडौँ, असार १५ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए ।

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । –न्युज कारखानाबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.