पुर्नगठित नेकपा एस रत्ननगर नगर कमिटीको अध्यक्षमा हरिकुमार श्रेष्ठ

रत्ननगर । नेकपा एकीकृत समाजबादि पार्टीले रत्ननगर नगर कमिटी पुनर्गठन गरेको छ। रत्ननगर नगर कमिटीको बिहिवार बसेको बिस्तारित बैठकले हरि कुमार श्रेष्ठको अध्यक्षतामा ८१ सदस्य नयाँ कार्यसमिति पुनर्गठित गरेको हो। कमिटीको उपाध्यक्षमा रामहरि अधिकारी ,चिन्तामणि आचार्य र निरज श्रेष्ठ रहेका छन।यस्तै सचिबमा इश्वरराज अधिकारी रहेका छन भने उक्त भेलाले सरस्वती लामा ,माधब थपलिया र गोकर्ण गिरिलाई सह सचिबमा निर्बिरोध निर्बाचित गरेको हो।

बद्रीनाथ घिमिरेको अध्यक्षतामा बसेको सो बिस्तारित बैठकको प्रमुख अतिथिमा पार्टीका केन्द्रिय उपाध्यक्ष केदार न्यौपाने र विशिष्ट अतिथिमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए। यस्तै अन्य अतिथिहरुमा नेकपा एसका जिल्ला अध्यक्ष डा कृष्ण राज पन्त, जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद न्यौपाने लब्लि र अरुण पिडित भण्डारी तथा जिल्ला सचिब कुल प्रसाद लामिछाने समेत रहेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.