अञ्जन विष्टकाे ‘ह्याट्रिक’ मा नेपालकाे सहज जित

काठमाण्डाै । बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे । नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे ।

याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् ।यस्तै बंगलादेशका लागि खेलकाे ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गाेल गरे । याे खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.