लायन्स क्लव अफ रत्ननगर मिड नेपाल ३-० ले विजयी

रत्ननगर । रत्ननगर जेसीजले साप्ताहिक रुपमा समुदाय केन्द्रित कार्यक्रमको आयोजना गरी मनाईरहेको जेसिज सप्ताह अन्तर्गत आज तेश्रो दिन रत्ननगर जेसिज र लायन्स क्लव अफ रत्ननगर मिड नेपाल बीच भएको मैत्रीपूर्ण फुटबलमा लायन्स क्लव अफ रत्ननगर मिड नेपाल ३-० ले विजयी भएको छ । मिड नेपालका लागी ३ वटै गोल कप्तान सुरेश जंग पाण्डेले गरेका हुन् । पाण्डे रत्ननगर जेसीजका तर्फ बाट यो खेलको संयोजक भए पनि उनि मिड नेपालको कप्तान भएर जेसीज विरुद्ध खेलमा उत्रिएका थिए । ३ गोल गर्ने पाण्डे म्यान अफ द म्याच घोषित भएका थिए । त्यस्तै आज नै गामबेसिको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम समेत रत्ननगर जेसिजले सम्पन्न गरेको छ । कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२२ का अध्यक्ष उपेन्द्र शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सप्ताह अन्तर्गत भोली मङ्सिर २२ गते मानव सेवा आश्रम भरतपुर र असाहय वृद्ध कल्याण समाज रत्ननगर १३ मा खाना खुवाउने कार्यक्रम, मङ्सिर २३ गते बकुलहरमा ट्राफिक सचेतना कार्यक्रम, मङ्सिर २४ गते केटाकेटी घर सौराहामा न्यानो कपडा वितरण, मङ्सिर २५ गते शान्तिचोक विद्यालय रत्ननगर ३ र पंचदिप आ.विद्यालय रत्ननगर १२ मा स्टेशनरी वितरण र मङ्सिर २६ गते होटल बेडरक रिसोर्ट निपनिमा अन्तर जेसिज हाजिरीजवाफ कार्यक्रम, उद्योग वाणिज्य संघ सभाहल टाँडीमा रत्ननगर भित्रका अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता त्यस्तै होटल बेडरक रिसोर्ट निपनिमा समापन तथा पुरस्कार वितरण समारोह हुने जेसिज सप्ताह मूल संयोजक दिलिप सुवेदीले जानकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.