मंसिर ४ अघिको ४८ घन्टा स्थिर समय, आयोग भन्छ– भोट मागे कडा कारबाही

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए। विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताए। ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरु गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ उनले भने, ‘विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरेको रहेछ। बीचमा हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौँ। त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौँ। केही ठाउँमा यो भन्दाअघि शुन्य समय भन्यौँ। ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुन्छ।’

मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने उनले बताए। कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन्।

‘मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुन्छ। कुनैपनि प्रकारको प्रचारप्रसार सम्बन्धी वा यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन्,’ आयुक्त भण्डारीले भने, ‘यदी कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ। कडा नै सजाय मान्छ।’

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.