पञ्चामृत बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

रामु आचार्य ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० मा रहेको पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा आइतबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेका सो कार्यक्रममा संस्थाका अध्यक्ष मणिप्रकास खतिवडाले बार्षिक प्रतिवेदन, सचिव मुरलीप्रसाद बरालले प्रगति प्रतिवेदन,व्यवस्थापक आशिष महतोले प्रगति प्रतिवेदन तथा लेखा संयोजक अमृत बहादुर मल्लले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम अन्तर्गत संस्थामा बढि दुध विक्री गर्ने तारा प्रसाद गौडेल,हरिप्रसाद गौतम,कविराज मगर,भिम चौधरी,गुणस्तर दुध विक्री गर्ने सिद्धान्त अधिकारी,असल ऋणि अनु रिजाल,ज्येष्ठ शेयर सदस्य गोविन्द अधिकारी,डिलकुमारी बराललाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिति मेयर सापकोटाले कृषि र पशुपालनको विकासका लागि नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदान दिइरहेको बताए । अनुदान पाएनौं भनेर घर नबस्नुस उनले किसानलाई भने नगरपालिकामा पुगेर अनुदान लिनुस । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, वडा सदस्य गोमा भण्डारी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने,सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारी,संस्थाका सल्लहाकारहरु इन्द्रविलाश न्यौपाने,डिलकुमारी बराल,शेयर सदस्यहरु सरस्वती पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.