रत्ननगर नगरपालिकाले जित्यो प्रथम मेयर कपको उपाधि

रत्ननगर ०२ पुस । चितवनको रत्ननगरमा आयोजना गरिएको पालिका स्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोनक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । रत्ननगरले उपाधिसंगै एक लाख १ हजार ११ नगद पुरस्कार प्राप्त गरको छ भने उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार ५५५ रुपैया पुरस्कार पाएको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटा,उपमेयर यादबप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कार,शिल्ड तथा मेडल हस्तान्तरण गरका थिए ।

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अबधिभर उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । उनले दुई हजार ५०० पुरस्कार पाएका छन् । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रर्दशन गरेको रत्ननगरका खेलाडी उत्कृष्ट खेलाडी घोषित हुँदै १२ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी सुर्यमान श्रेष्ठ,लेखनाथ घिमिरे,ललीत थापा तथा बंगलादेशमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगरका खेलाडीहरु सुजता तामाङ र शुशीला केसीलाई सम्मान गरिएको छ । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा मेयर कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताए । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भने हरेक विधाका खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ । मेयर सापकोटाले फुटवलमा राष्ट्रिय स्तरमा प्रभाव छाड्ने खेलाडी उत्पादनको लागि रत्ननगरले कार्ययोजना बनाएर काम सुरु गरेको बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी सर्लाहीको इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, रत्ननगरका विज्ञ सल्लाहाकार रामहरि न्यौपाने, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा,राजेन्द्र घिमिरे,आशिक तामाङ,बालकृष्ण चापागाई,श्याम श्रेष्ठ,किरण महतो,सजना महतो,सोहेन्द्रराज खरेल लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात वटा टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी
दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.