माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं : नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको छ। संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गरिने माओबादी केन्द्रले बताएको छ । उपनेतामा भने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको दाबी छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.