प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटारमा पुगेका थिए। उनीहरुबीच शक्ति बाँडफाँट र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दलहरुले हिजो मात्रै राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ। यन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्नेछ।

सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन्। समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन्। जसपाले नाम टुंगो लगाउन बाँकी छ।​

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.