विमान दुर्घटना अपडेट : ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको खोजी जारी

काठमाडौं : यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ७१ जनाको शव फेला परिसकेको र बाँकी एक जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । बुधबार एयरलाइन्सले दिएको जानकारी अनुसार शव फेला परेका ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइएको छ ।

मंगलबारसम्म ४८ जनाको शव काठमाडौं ल्याइएकोमा मंगलबार नै फेला परेको थप एक शवसमेत बुधबार काठमाडौं ल्याइ पोस्टमार्टम भइरहेको यती एयरलाइन्सले जनाएको हो । यसअघि २२ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा शव पोस्टमार्टम गरी पोखरामै परिवारलाई हस्तान्तरण गरिएको यती एयरलाइन्सले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.