सिएमसीको क्यान्सर इन्स्टिच्युट उद्घाटन

चितवन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले क्यान्सरको उपचार गर्नै नसकिएको बताउनु भएको छ । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको सिएमसी क्यान्सर इन्स्टिच्यूटको आज भरतपुरमा उद्घाटन गर्दै उहाँले क्यान्सरको उपचार नै नभएको बताउनु भएको हो ।

स्वास्थ्य सचिव डा।पोखरेलले भन्नुभयो “स्वास्थ्य सचिव निजी अस्पताल उद्घाटन गर्न आयो भन्ने सोच कसैले राख्नुभयो होला । क्यान्सरको उपचारमा के सरकारी के निजी रु अहिले उपचार नै छैन । हामीले उपचार गर्न नै सकेका छैनौं ।” नेपालमा जति क्यान्सरको उपचार दिईरहेका छौं त्यो नगन्य रहेको उहाँको भनाई छ ।

क्यान्सरको उपचारका लागि सरकारी, निजी, मेडिकल कलेज नभनी हातेमालो गर्दै उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सेवा हुनुपर्छ सेवा कल्ले लिने भन्ने कुरा आफूमा भर पर्छ ।” नेपाल सरकारका कार्यक्रम सिएमसीमा लागू भईसकेको भन्दै उहाँले थप्नुभयो “जनताले नै यो सेवा पाउनेछन् ।”

सिएमसीको उन्नतीको काम गर्दै सचिव डा. पोखरेलले रेडिएसनको विषयमा संघीय सरकारको निगरानीमा तीनपटक अनुगमन निरीक्षण भईसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रेडिएसनको कुरा गरेर आफैले आफैलाई दुःख दिने काम नगर्नुहोस् ।” यदि रेडिएसनको कुरा हो भने सर्वप्रथम यहाँ काम गर्ने स्वास्थ्यकर्मी नै चिन्तत हुने डा. पोखरेलको भनाई छ । उहाँले अगाडि भन्नुभयो “काम गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्यमा असर गर्छ भने हामीले यो सञ्चालन नै हुन दिंदैनौं । यसमा छलफल नगर्नुहोला ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.