नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट आयोजना गर्ने

काठमाडौं, माघ १८ । नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको थियो । बोर्ड बैठकले एसीसीको प्रस्ताव पारित गर्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ । प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ । यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.