रत्ननगरमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु

चितवन, फागुन ९ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

आज बिहान करिब पौने ६ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.