कवि विशिष्टको कविता संग्रह “छाया छवि” विमोचन

रत्ननगर । चितवनको पुराना तथा अनुभवी कवि गिरिधारी घिमिरे विशिष्टको कविता संग्रह “छाया छवि” शनिबार विमोचन गरिएको छ । बाल्मीकि साहित्य सदनले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि केदारनाथ खनाल र बरिष्ट साहित्यकार केशबराज आमोदीले सयुक्त रुपमा विशिष्टको कृति विमोचन गरेका हुन । रत्ननगर २ निवासी कवि विशिष्टद्धारा लिखित ८१ पृष्टको पुस्तकमा ७६ वटा कविता समावेश गरिएको छ ।

देशको वर्तमान परिवेश,भूकम्पका कारण देशले भोगेको पीडा,विदेशीने युवाहरुको पीडा,नेपालको राजनीतिक खिचातानी सहित किसानको पीडालाई समेत कवि विशिष्टले आफ्ना कवितामा उतारेका छन् । कार्यक्रममा बरिष्ट साहित्यकार आमोदीले कविल विशिष्टको जीवन भोगाई र कृतिको बारेमा समीक्षा गरेका थिए । रत्ननगर रोटरी पुस्तकाल,रत्ननगर उद्योग बाणिज्य संघको सहआयोजनामा भएको सो कार्यक्रममा कृति विमोचनसंगै समसामयिक विषयमा लेखिएका बविता बाचन समेत गरिएको थियो ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु होमनाथ घिमिरे,कमल आर्याल,हरिप्रसाद गजुरेल,गिरिधारी डल्लाकोटी,राजेन्द्र घायल लगायतले कविता बाचन गरेका थिए । बाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महाकाब्यकार पोषराज पौडेल, साहित्यकारहरु ऋषिप्रसाद लामिछाने, श्यामजी अतिथि, जगन्नाथ पण्डित, रामहरि शर्मा, तिलकराज शर्मा, गोकर्ण मल्ल, निबन्धकार दुर्गा पुरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बाल्मीकि साहित्य सदनका उपाध्यक्ष धनराज गिरीले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.