रंगशाला निर्माणको काम एक–दुई हप्तामै सुरू हुन्छ : प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या दुई सातामा हल हुने बताउनुभएको छ । भरतपुर विमानस्थल नयाँ टर्मिनल भवन निर्माणको शिलन्यास गर्नु हुँदै क्रिकेट रंगशालाको निर्माण दुई सातामै सुरू हुने दावी गर्नु भयो । रंगशालामा जे समस्या छ, त्यो सबै समस्या हल हुन्छ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, सरकारले जिम्मा लिन्छ । प्रधानमन्त्री प्रचण्डले रंगशालाका समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण कार्य अगाडि बढ्ने बताएका हुन्।
‘त्यो रंगशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ,’ प्रचण्डले भने। दाताहरूको सहयोगमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नेतृत्वमा निर्माण सुरू भएको रंगशाला आर्थिक अभावका कारण अलपत्र छ।

निर्माण व्यवसायीलाई तिर्नुपर्ने करोडौं रुपैयाँ बक्यौता रहेपछि निर्माण कार्य रोकिएको थियो। ती सबै रकम तिरेर रंगशाला बनाउने सरकारको तयारी छ। नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेपछि चितवनको रंगशाला सरकारले बनाउनुपर्ने आवाज जोडदार रूपमा उठिरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.