रवि लामिछानेले बुझाए छ पृष्ठ लामो स्पष्टीकरण

चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। बुधबार मध्यान्हन मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले त्यो स्पष्टीकरण बुझाएका हुन्।

रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबार नै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उता चितवन- २ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’को उजुरी नलाग्ने भएको छ।लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

तर लामिछानेविरूद्ध पौडेलबाहेक चितवन-२ मै उम्मेदवारी दिएका अरू तीनजनाले पनि उजुरी दिएका छन्। तीनजना उम्मेदवार र प्रतिनिधिहरुको उजुरी लिएको निर्वाचन अधिकृतको कार्यालयले पौडेलले उजुरी दिनै नपाउने भन्दै दर्ता गर्न अस्वीकार गरेको हो।

रविविरुद्ध स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए। लामिछानेले पुरानो मतदाता नामावलीका आधारमा उम्मेदवारी दर्ता गरेको उजुरीमा उल्लेख थियो। त्यसैगरी नागरिकता लिएको तीन महिना नपुगी उम्मेदवार बन्न नमिल्ने दाबी उनीहरुले गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.