रत्ननगरमा वडा देखि नगर कमिटी पुनर्गठन गर्दै एकीकृत समाजवादी

बैशाख ३, रत्ननगर । नेकपा एकीकृत समाजबादीले रत्ननगरमा वडा कमिटी देखि नगर कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ । नगर कमिटीले आज आयोजना गरेको नया वर्षको शुभकामना आदानप्रदान तथा नगर स्तरिय बैठकले बैशाख महिना भित्र यहाँका १६ वटै वडामा कमिटी पुनर्गठन तथा सदस्यता नवीकरण गर्ने निर्णय गरेको नगर उपसचिव सरस्वती लामाले जानकारी दिइन् ।

कार्यक्रममा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान गर्दै पार्टी विस्तार अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको लामाले बताइन् । सो पाटीका नेता तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सचिव कुलप्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै जिल्लामा पार्टीको अबस्था र पार्टी निर्माणमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रकास पारेका थिए ।

नगर अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य कृष्ण पन्त, रत्ननगर नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर उपाध्यक्ष निरज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.