एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया पराजित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो । नेपालका लागी भिम सार्कीले सर्वाधिक ७१ रन बनाए , त्यस्तै कुशल मल्लले विष्फोटक पारि खेल्दै मात्र ४० बलमा अविजित ७० रन बनाए । रोहित पौडेलले ४२ , कुशल भुर्तेलले ३८ र आसिफ सेखले १ रन बनाए ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । उसका लागी कप्तान अहमद फैजले ७६ त्यस्तै विरनदीपले ४६ रन बनाए ।२ सय ३६ रनको विजय लक्ष्य नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । ललित राजवंशीले २ तथा गुलशन झाले १ विकेट लिए । जित संगै नेपाल ग्रुप ए को शिर्ष स्थानमा रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.