चितवनमा प्रेस चौतारीको भवन शिलान्यास

वैशाख २२, भरतपुर । प्रेस चौतारी नेपाल चितवन शाखाले निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । भरतपुर ११ सिद्धार्थ टोलमा निर्माण गर्न लागिएको भवनको एक समारोहका बीच प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले शिलान्यास गरेका हुन् । सतहत्तर जिल्ला मध्ये चितवन शाखाले पहिलो पटक आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । अन्य शाखा कुनैको पनि आफ्नै जग्गामा भवन छैन् । चितवनका व्यवसायी केशव कार्कीले प्रदान गरेको १३ धुरको जग्गामा भवन निर्माण गर्न लागिएको प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पण्डितका अनुसार निर्माण गर्न लागिएको भवन तीन तलाको हुनेछ । जहाँ आवासको समेत व्यवस्था हुने गरि डिजाईन गरिएको छ । पहिलो चरणमा पहिलो तल्ला मात्र निर्माण हुनेछ ।

शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले चितवन शाखाले अघि सारेको योजनालाई पूर्णता दिन केन्द्रिय कमिटिको पूर्ण सहयोग रहने वताए । सो अवसरमा उनले आफ्नो व्यक्तीगत तर्फबाट पचास हजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । शुभकामना मन्तव्य राख्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चौतारीको भवनमा चितवनका सवै पत्रकारलाई अट्ने साझा संस्थाको रुपमा रहनु पर्ने वताए । उनले एमाले चितवनको तर्फबाट भवन निर्माणका लागि एक लाख १ हजार २१ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । त्यस्तै प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले पचास हजार तथा युवा नेता वचन कार्कीले पचपन्न हजार ५५५ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले व्यक्तीगत रुपमा एक टिप ढुंगा सहयोग गर्ने घोषणा गरे । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव सृजना अर्याल,महासंघका चितवन अध्यक्ष नारायण अधिकारी,उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली,प्रेस चौतारीका केन्द्रिय महासचिव हिरामान लामा,केन्द्रिय सचिव विष्णु तारुकेले मन्तव्य राखेका थिए । प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव धु्रवराज खनालले संचालन गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.