थारु पत्रकार संघ चितवन शाखाको पूर्वी चितवनमा कार्यालय स्थापना

रत्ननगर, : थारु पत्रकार संघ चितवन शाखाले पूर्वी चितवनको रत्ननगरमा कार्यालय स्थापना गरेको छ । रत्ननगर नगरपालिकाको वडा नं. ४ स्थित थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ को भवनमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको आजै वडा नं. ४ का वडा अध्यक्ष रामकुमार चौधरीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले वडासँगै यो क्षेत्रको विकासमा थारु पत्रकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष चौधरीले थारु पत्रकारहरुको संस्थागत विकासमा समेत वडाले सहयोगगर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महतोले आगामी आर्थिक वर्षमा थारु पत्रकारसँग सहकार्य गरेर वडामा नेतृत्व विकास देखि विभिन्न खालका कार्यक्रमगर्ने बताए । थारु समुदायको विकासका लागि थारु पत्रकारहरुले खेलेको भूमिकालाई प्रशंसागर्दै वडा अध्यक्ष महतोले आगामी दिनमा थारु पत्रकारसँग सहकार्यगर्न आफु तयार रहेको स्पष्ट पारे । कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले थारु पत्रकारहरुको अवस्था र समाजमा उनीहरुले खेल्नसक्ने भूमिका बारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा न.८ का वडा अध्यक्ष कउष्ण महतो, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरी, ओयशिस मेडिकल कलेजका संचालक डा. मनोज चौधरी, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य एवम थारु पत्रकार संघ, चितवनका सल्लाहाकार चन्द्राकुमारी चौधरी, केन्द्रीय पार्षद लक्ष्मी चौधरी, नेवा पत्रकार राष्ट्रियदवु चितवनका अध्यक्ष अनुज जोशी, थारु पत्रकार संघ चितवनका सल्लाहकार एवम होटल ह्याप्पी होमका संचालक कृष्ण महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

थारु पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष एवम चितवनका संस्थापक अध्यक्ष कारी महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए । कार्यक्रम थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेन्द्र चौधरी ( दिपेश) को अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.