फुलमाला र खादा नलगाउने रत्ननगरका मेयर सापकोटाको घोषणा

रत्ननगर, जेठ ३२ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले कुनै पनि कार्यक्रममा फुलमाला र खादा नलगाउने घोषणा गरेका छन् । बिहीबार फेसबुक मार्फत स्टाटस लेख्दै सापकोटाले कार्यक्रममा माला र खादा नलगाउने घोषणा गरेका हुन् ।

‘आदरणीय नगरवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरु तपाईहरुले आयोजना गर्नुभएको कार्यक्रममा नगर प्रमुखका लागि कुनै पनि प्रकारको खादा वा मायाको चिनोको ब्यबस्था नगर्नुहुन अनुरोध गर्दछु ।’ उनले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन् ।

सापकोटाले फजुल खर्च न्यूनीकरणका लागि पनि सहयोगी हुनेछ भन्दै कुनै पनि प्रकारको खादा ,माला वा मायाको चिनोका लागि कष्ट नगर्न अनुरोध गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.