इच्छाकामना गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा हस्तान्तरण गर्‍यो कृषि एम्बुलेन्स

चितवन : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं. २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहबरमा कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको हो ।

इच्छाकामनाको पहाडी भेगका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्सको लागत भ्याटसहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले ब्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले ब्यहोरेको छ ।

गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकोले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएका छौँ, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो,’ उनले भने, ‘यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्‍याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फेल फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।’ एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं. १ र २ काउँले, हपनी, मायाटार लगायतका पहाडी भूभागमा रहेका किसानहरु लाभान्वित हुनेछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.