बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घट्दै

१० श्रावण, काठमाडौं । नेपाल आयल निगमले श्रावण १ देखि इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरे संगै बागमती प्रदेशमा भोलि बिहीबारदेखि लागु हुने गरेर सार्वजनिक यातायातको भाडा घट्ने भएको छ । बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो । यसै प्रकारले अन्य रुटहरुको पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.