रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको ५ औं पदस्थापन सम्पन्न

भरतपुर : रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको ५औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । चितवन गार्डेन रिसोर्ट (सि.जी.आर)मा आयोजित पदस्थापन कार्यक्रममा २०२३/२४ का अध्यक्ष सुरज भण्डारीले सपथ ग्रहण गरेका थिए। उनलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डि.आर. आर) रोशन कार्कीले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष सुरजले बोर्ड सदस्यहरूलाई पनि सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा उत्कृष्ट रोटर्‍याक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २२/२३ का अध्यक्ष अपेक्षा श्रेष्ठले विभिन्न अवार्डहरु प्रदान गरेकी थिइन । निवर्तमान अध्यक्ष श्रेष्ठले वर्ष २२/२३ का कार्यक्रम विवरण पेश गरेकी थिईन्। वर्ष २०२३/२४ का अध्यक्ष सुरजले आफ्नो भावी योजना प्रस्तुत गरेका थिए।

प्रमुख अतिथिमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डि.आर. आर) रोशन कार्की, विशिष्ट अतिथिहरुमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गर्भनर रो.रविन्द्र कुमार पिया र चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कडेल उपस्थिति रहेको थियो।

साथै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष विवेक श्रेष्ठ, जोनल रोट्रायक्ट रिप्रेजेन्टेटिभ जोन १४का पुजन लामिछाने, रोटर्‍याक्टका संस्थापक दिवश श्रेष्ठ, टुईन रोटर्‍याक्ट क्लव, रोटर्‍याक्ट क्लव अफ डिल्लीबजार-काठमाडौंका अध्यक्ष पुकार अधिकारी, सिस्टर क्लवका अध्यक्ष लवि तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा क्लवका उपाध्यक्ष अनिष काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने वर्ष २०२३/२४ का अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अध्यक्ष भण्डारीले सम्पूर्ण उपस्थितिलाई मायाको चिनो प्रदान गरेक थिए। कार्यक्रम सचिव अस्मी न्यौपाने, स्वेता दुलाल, र प्रोफेसनल रिलेशनसीप चियर रामकृष्ण लामिछानेले संचालन गरेका थिए । उक्त कार्यक्रमा १२० भन्दा बढीको उपस्थिति रहेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.