शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानद्धारा बागमती प्रदेशका २५ जना रेफ्रीलाई सम्मान

चितवन : शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानले बागमती प्रदेश भित्र रहेका खेलाडी महिला प्रशिक्षक (रेफ्री)हरुलाई सम्मान गरेको छ । प्रदेश भित्र रहेर खेलकुदका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका २५ जना रेफ्रीलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

जिल्ला खेलकुद बिकास समितिको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा भलिवल, एथलेटिक्स, तेक्वान्दो, कराँते, पौडी, जिम्नाष्टिक लगाएतका विधाका प्रशिक्षकको रुपमा रहेर काम गर्दै आउनु भएका उहाँहरुलाई सम्मान गरिएको हो । प्रशिक्षकहरुलाई सम्मान पत्र र खेल ड्रेस प्रदान गरिएको छ ।

सम्मान कमर्यक्रममा बोल्दै नेपाली काँग्रेसकि केन्द्रीय सदस्य लक्ष्म खतिवडाले खेलकुद क्षेत्रको बिकासका लागि राज्यले ध्यान दिनुपर्ने वताउनुभयो । खेल क्षेत्रको बिकासले मात्रै देशको शिर उच्च हुने उहाँको भनाई थियो । खेल क्षेत्रमा महिलाहरुको भूमिकालाई अझै वढाउँदै लैजानु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “खेल क्षेत्रको बिकासमा महिलाको भूमिकालाई बिर्सनु हुदैन ।”

प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बासुदेव ढुड्गाना, रिकोभरी नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, बागमती प्रदेश क्रिकेट संघका कोषााध्यक्ष अनिल अधिकारी लगाएतले बोल्नु भएको थियो ।

नेपाल तरुणदल जिल्ला अध्यक्ष रहनु भएका स्व। पौडेलको वि.सं. २०६८ साल पुस २ गते कारागार कार्यालय चितवनमा रहेको समयमा आक्रमणमा परि निधन भएको थियो । पौडेलले काँग्रेसलाई संगठित गर्न गरेको योगदानका बिषयमा चर्चा गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.