छोटुलाल कुमाललाई आर्थिक सहयोग

६ असोज, रत्ननगर। मृगौलाको पथ्थरी र एपेण्डिसाईडको समस्याबाट पिडित छोटुलाल कुमाललाई आर्थिक सहयोग गरिएको छ। स्पेन बस्नुहुने नेपाली एक बहादुर भट्ट र सम्झना मैनालीले छोटुलालको दयनिय अवस्था सामाजिक संजाल बाट देखेपछि उँहाहरुले नेपाली रकम ७ हजार २५ रुपैया सहयोग गर्नुभएको हो। एक बहादुर भट्टकी भाउजु लक्ष्मी भट्टले सो रकम छोटुलाल कुमाललाई आज हस्तान्तरण गर्नुभएको हो।

छोटुलाल कुमाल रत्ननगर ९ स्थित सुकुम्बासी बस्तीमा ससुरालीको पालीमा बस्दै आएका छन्। एक छोरा र एक छोरीको पिता उनले रिक्सा चलाएर गुजारा गर्दै आएकोमा स्वास्थ्य समस्याका कारण दैनिक गुजारामा समस्या आए संगै उनको लागी उपचारको पहल रत्ननगर नगरपालिकाले गरिरहेको छ। साथै समाजसेवी सुजन क्षेत्रीको टिमले उनको लागी घर बनाउन पहल समेत गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.